कोरोना संक्रमित बढेपछि नेपालका होटल र रेष्टुरेन्ट अनिश्चितकालका लागि बन्द

काठमाडौँ । सरकारले अर्को निर्णय नभएसम्मका लागि होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गरेको छ।

कोरोनाको जोखिम बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले बताए ।

Advertisement

होटल तथा रेष्टुरेन्टहरु बन्द भए पनि उनीहरुलाई भने टेक अवे सेवा भने सञ्चालन गर्न पाउने मन्त्री खतिवडाले बताए। यसअघि होटल तथा रेष्टुराँहरुलाई खोल्न दिने निर्णय भएको थियो । तर, अब खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय भएको छ, मन्त्री खतिवडाले मंगलबारको पत्रकार सम्मेलनमा भने।

स्वास्थ्य सुरक्षाका उपाय अपनाएर होटल व्यवसाय सञ्चालन गर्न दिइएपनि भीडभाड हुन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो।

More News last news
Loading...