काठमाडौँ । गोंगबु हत्या आरोपी कमला मुडभरी (पौडेल) कलाकार पनि रहेको खुलासा भएको छ।
नेपाल प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै गोंगबु हत्या काण्डकी आरोपी कलाकार पनि रहेको खुलासा गरेको हो । उनले केही चलचित्रमा समेत अभिनय गरेको पाइएको प्रहरीले जनाएको छ।
राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्ड आफैले घटाएको प्रारम्भिक बयानका क्रममा बताएकी छिन्।
कल्पनासँग फेसबुकमार्फत चिनजान गरेका मृतक ८ महिनादेखि होटलमा बस्दै आएका थिए। हत्यापछि शव व्यवस्थापन गर्न छोरीको साथ लिएको र हत्यापछि एम्बुलेन्समार्फत चितवन पुगेकी उनलाई पक्राउ गरी प्रहरीले काठमाडौँ ल्याएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
