सुटकेशमा शव फाल्ने महिलाको बयानः अन्तरंग तस्वीर सार्वजनिक गर्न थालेपछि हत्या गरें

काठमाडौँ । दाङ घर भई काठमाडौँ बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ परेकी ती महिलाले कृष्णको हत्या गरेको स्वीकार गरेकी छिन्।

ती महिलाले बोहोराले अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि हत्या गरेको बयान दिएकी छिन्। नक्कली फेसबुक आईडी बनाएर अन्तरंग तस्वीर सार्वजनिक गरेर आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको बयान दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए।

Advertisement

ती महिलालाई प्रहरीले सोमबार चितवनको टाँडीबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले मंगलबार विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

हत्यापछि उनले बोहोराको शरीर सुटकेशमा र टाउको झोलामा राखेर सडक छेउमा फालेकी थिइन्। यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो ।

More News last news
Loading...