आज पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार पनि सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ८ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १३ सय ९५ रुपैयाँमा कोरोबार भएको थियो।

More News last news
Loading...