काठमाडौँको गोंगबुमा सुटकेशभित्र भेटिएको शवको पहिचान खुल्यो

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका-१० स्थित गोंगबु गणेशस्थानमा सुटकेशमा फेला परेको शवको सनाखत भएको छ।

सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिएका छन्। मृतक काठमाडौँको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ।

Advertisement

आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले बोहराको शरीर सुटकेशभित्र टुक्रा टुक्रा पारेर अवस्थामा बरामद गरेको थियो भने टाउँको जेब्रा झोलामा भेटाएको थियो।

More News last news
Loading...