तरुण दलका नेता तिमिल्सिना संगठन विभागको सदस्यमा मनोनीत

काठमाडौं । नेपाल तरुण दलका पूर्व कार्यबहाक अध्यक्ष जन्मजय तिमिल्सिना नेपाली काँग्रेसले गठन गरेको संगठन विभागको सदस्यमा मनोनीत भएका छन् ।

उक्त विभाग अन्तर्गत काँग्रेस नेता गोपालमान श्रेष्ठ प्रमुख रहेको संगठन विभागमा युवा नेता तिमल्सिनालाई विभागको सदस्यमा मनोनीत भएका हुन् ।

Advertisement

नेपाल तरुण दलको पूर्व सचिव एवं नेपाली काँग्रेस बर्दियाबाट महासमिति सदस्य समेत रहेका तिमिल्सिना निरन्तर गाउँ–गाउँमा संगठन कार्यमा सक्रिय रहेपछि उनलाई पार्टीले न्याय गर्न सकेको थिएन् ।

यसपटक भने उनलाई संगठन विभागको सदस्यमा मनोनीत गरेर केहि हदसम्म न्याय गरेको छ । उनीसँगै संगठन विभागमा ४१ जना मनोनीत भएका छन् ।

काँग्रेस सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आइतबार नेपाली कांग्रेस केन्द्रीय विभागहरु गठन गरेका हुन् ।

More News last news
Loading...