काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९२ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौँमा ९० र ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । २४ घन्टाको अध्यावधिक विवरणमा शनिबार ६२ जना र शुक्रबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो।
पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्न बढ्दै गएको छ। संक्रमण बढ्दै गएपछि सरकारले यातायातका साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ। त्यस्तै उपत्यका प्रवेश नाकामा समेत कडाई गरिएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ३८० जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
