२४ घण्टामा नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ३ सय ८० सय जनामा कोरोना संक्रमण देखिएको छ।

नियमित मिडिया ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ८ हजार ५ सय १५ पीसीआर परीक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

Advertisement

यस्तै, २४ घन्टामा ४० जना डिस्‍चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर घर फर्किएका छन्।

नेपालमा शनिबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । मुलुकभर हजार ६ हजार ५ सय ४४ जना आइसोलेसनमा र क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेको प्रवक्ता गौतमले बताए।

More News last news
Loading...