काठमाडौँ । स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालय सहप्रवक्ता समिर अधिकारीले उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।
ती कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले बताए।
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट समिति (सीसीएमसी) को टोलीले शुक्रबार मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । जसमा ३ जनाको नतिजा पोजेटिभ आएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
