घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ९ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कोरोबार भएको थियो।

त्यस्तै आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी १४ सय ५ रुपैयाँमा कोरोबार भएको थियो।

More News last news
Loading...