काठमाडौँ । कोरोना संक्रमणबाट पोखरामा उपचाररत एक जना पुरुषको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो।
उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए। आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
