नेपालका यी ७ जिल्ला कोरोना संक्रमण मुक्त

काठमाडौं । देशमा संक्रमित बढ्दै गएको बेला विभिन्न ७ वटा जिल्ला भने कोरोना संक्रमण मुक्त भएका छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्ला संक्रमण मुक्त भएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। उनका अनुसार गत २४ घण्टामा कोभिड–१९ बाट थप तीन जनाको मृत्यु भएको छ भने देशका विभिन्न जिल्लामा थप ३७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

Advertisement

गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४९९ जना छन्। हालसम्म डिस्चार्ज हुनेको कूल संख्या १६ हजार ३१३ रहेको छ।

More News last news
Loading...