काठमाडौँ । भारतमा कोरोना भाइरसका कारण एक सय ९६ जना डाक्टरको ज्यान गएको छ।
इण्डियन मेडिकल एसोसिएसनले एक सय ९६ जना डाक्टरको ज्यान गएका भन्दै उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीकोे सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।
एसोसिएसनले डाक्टर तथा स्वास्थ्यकर्मीको बेलैमा उपचार हुन नसकेको र उनीहरुका परिवारका सदस्यले पनि उपचारका लागि अस्पतालमा शैया नपाएको उल्लेख गरेको छ।
एसोसियसनले भारतमा डाक्टर र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिम उच्च भएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ।
भारतमा अहिलेसम्म झण्डै २१ लाख नागरिकलाई कोरोनाको सङ्क्रमण भएको छ भने ४२ हजार ६ सय २६ जनाको ज्यान गएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
