काठमाडौँ । काठमाडौँ उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको कोभिड-१९ नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा उपत्यका ३ जिल्लामा ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको हो।
प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँ ५६, ललितपुर ३ र भक्तपुरमा ३ संक्रमित फेला परेका छन्।
२४ घन्टाको अद्यावधिक विवरणमा शुक्रबार उपत्यकामा १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
