सरकारले बनायो चाडपर्वका लागि नयाँ मापदण्ड (पूर्णपाठसहित)

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड-२०७७’ जारी गरेको छ।

‘आगामी दिनहरूमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरूको समय आउँदै गरेकोले कोभिड–१९ को सन्दर्भमा स्वास्थ्यका दृष्टिकोणले सुरक्षित बनाउँदै मनाउनुपर्ने बाध्यात्मक परिस्थितिलाई ध्यानमा राखेर जनस्वास्थ्य मापदण्ड जारी गरिएको’ मन्त्रालयले जनाएको छ।

Advertisement

यो मापदण्डमा घरपरिवार र समुदायस्तरमा मनाइने सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सवहरूलाई ध्यानमा राखेर विकास गरिएको र नेपालभर सबैलाई लागु हुने पनि मन्त्रालयले जनाएको छ। व्यक्ति र आयोजकले पालना गर्नु पर्ने दुई खण्डमा मापदण्ड बनाइएको छ।

मन्त्रालयले सम्भव भएसम्म एकाघरका परिवारका सदस्यहरूमात्रै बसी चाडबाड तथा पर्वहरू मनाउन र सकेसम्म घर बाहिरको भेटघाटमा नजान भनेको छ। जानैपर्ने भए कम्तीमा २ मिटरको दूरी कायम गर्न, मास्क लगाउन साबुनपानीले हात धुन वा स्यानिटाइजर अनिवार्यरूपमा प्रयोग गर्न भनेको छ।

खोक्दा र हाछ्युँ गर्दा रुमाल वा टिस्यु पेपर प्रयोग गर्न भनिएको छ। जथाभावी नथुक्न, सकेसम्म विद्युतीय माध्यमबाट आर्थिक कारोबार गर्न भनिएको छ। धार्मिक स्थलमा बढीमा २५ जनामात्रै भेला हुने व्यवस्था गर्न पनि भनिएको छ।

मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मिर्गौला र कलेजोसम्बन्धी समस्या भएका तथा दल लगायत श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग भएका व्यक्तिहरूलाई घरबाहिर हुने भेलाहरूमा नजान भनिएको छ।

यस्तो छ मापदण्ड

More News last news
Loading...