चितुवाको आक्रमणबाट शुक्लागण्डकीका डेढ वर्षीय बालकको मृत्यु

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ।

Advertisement

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।

मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो। जिल्लामा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन्।

गत असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन्।

विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट दश बालबालिकाले ज्यान गुमाएका छन्।

More News last news
Loading...