नेपाली सेनाको ब्यारेकमा कोरोना फैलियो

महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित नेपाली सेनाको ब्यारेकभित्र कोरोना संक्रमण फैलिएको छ। रणभीम गण पर्कौली ब्यारेकका १५ जना सेनामा कोरोना संक्रमण भेटिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए। सोमबार एक र मंगलबार १४ जना गरेर १५ जना सेनामा कोरोना देखिएको छ।

क्याप्टेनसहित १५ जनामा कोरोना पुष्टि भएको छ । यसअघि ८ जना सेनामा संक्रमित भएका थिए। प्रदेश २ का मध्यपूर्वी पृतनाका पति पनि कोरोनाबाट संक्रमित भएका थिए। महोत्तरीमा हालसम्म ९ सय १६ जना कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी तथा कोविड फोकलपर्सन गिरेन्द्रकुमार झाले जनाए। संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ।

Advertisement

जलेश्वर नगरपालिका २३ कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि नगरपालिकाको कार्यालय सिल गरिएको छ। झाका अनुसार केही दिन पहिले नगरपालिकाको कार्यालयमा कार्यरत एक ओभरसियरमा कोरोना पुष्टि भएको थियो। विराटनगरमा ती कर्मचारीले कोराना जाँच गराएपछि संक्रमण भेटिएपछि उनले आफ्नो कार्यालयमा जानकारी गराएका थिए। उनको कन्ट्रयाक ट्रेसिङ आएका सहितका ५३ जनाको कोरोना परिक्षण गर्दा ३० जनामा संक्रमण भेटिएको थियो। कोरोनाको संक्रमण दर बढ्न थालेपछि जलेश्वर र महोत्तरी गाउँपालिकाको ३ र ५ नम्बर वडामा निषेधाज्ञा गरिएको छ।

महोत्तरीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलियो कि भन्ने शंका गरिएको छ। गाउँस्तरमा कोरोना जाँचका लागि स्वास्थ्य कार्यालय जुटेको छ। महोत्तरीका १५ वटै स्थानीय तहका प्रत्येक वडाबाट ५०/५० जनाको कोरोना जाँच गर्न लागिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमपूर्ण यात्रा गरेर आएका, परिवारमा कोही संक्रमण नभएको, उनका छिमेकीमा हालसम्म कोरोना पुष्टि नभएको परिवारबाट स्वाब संकलन गरेर कोरोना जाँच गर्ने तयार गरेको छ।

More News last news
Loading...