काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर निर्माणाधिन कभर्ड हल पुरिँदा त्याहाँ कार्यरत आठ जना मजदूर पुरिएका थिए।
पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा एक जना भारतीय नागरिक, दुई जना पर्सा र ५ जना सिमराका भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा, भारतीय नागरिक राजेन्द्र चौरसिया, वीरगन्जका प्रदीप चौरसिया र राजेश चौधरी, सिमराका विक्रम थिङ, मानबहादुर रुम्बा, घलान, शिवबालक धामी र सोनाम लामा रहेका छन्।
पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी हेलिकप्टर मार्फत काठमाडौँ ल्याईएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
