संक्रमित वढेपछि विराटनगरमा दुई हप्ता लकडाउन

मोरङ । विराटनगर महानगरपालिकाले शुक्रबार रातिदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिएकोले त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय गरेको हो।

महानगरमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेपछि लकडाउनको घोषणा गरिएको हो। लकडाउन बिहीबार राति १२ बजेदेखि साउन ३० गते राति १२ बजेसम्म कायम हुने महानगरपालिकाले जनाएको छ।

Advertisement

निर्णय उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गर्ने मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।  त्यसको उल्लङ्घन गरिएमा थुनामा राखेर कारबाही गर्ने प्रशासनको तयारी छ ।

लकडाउनको अवधिमा खाद्यान्न तरकारी, फलफुल, औषधि, दूध, पानी, अक्सिजन, इन्धन, वारुणयन्त्र, अस्पतालको बहिरङ्ग बाहेकको सेवा, सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चार, आईसीपीबाट हुँदै चल्ने मालवाहक गाडी भने सामाजिक दुरी र स्वास्थ्य सुरक्षा पालना गरेर सञ्चालन हुनेछन् ।

More News last news
Loading...