काठमाडौं । कोरोना भाइरसको महामारी हाल विश्वभर व्याप्त रहेको छ ।
कोरोना भाइरसले अहिले सबैको जनजीवन यत्रतत्र बनाएको छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ७६ हजार ४९७ जनाको मृत्यु भएको छ भने १ करोड ७४ लाख ६६ हजार ७२९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ९ लाख ३३ हजार ७१७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ३९० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यी व्यक्तिहरूलाई धेरै छ खतरा
अनुसन्धानका वैज्ञानिकहरूले भने कि, कोरोना संक्रमित व्यक्तिहरु धेरै रोगका शिकार हुन सक्ने बताएका छन्।
यसमा मुटुको रोग, उच्च रक्तचाप, मिर्गौला रोग रहेको छ । अब विशेषज्ञहरूले कोरोना भाइरस संक्रमण र यसबाट भएको मृत्युको बीचलाई जोडेर हेरेका छन् ।
विज्ञहरू भन्छन कि, आईसीयूमा भर्ना गरिएका कोरोना संक्रमितका बिरामीमध्ये तीन चौथाई मानिस मोटोपनका बिरामी रहेको र उनीहरुको मृत्युको प्रतिशत अरूको तुलनामा ४० प्रतिशत धेरै रहेको बताएका छन् । तर मोटोपन भएका बिरामीहरुको हालत चिन्ताजनक कसरी बन्यो भन्ने बारेमा भने अहिलेसम्म केहि पत्ता लाग्न सकेको छैन ।
पब्लिक हेल्थ इंग्ल्याण्डका एलिसन टेडेस्टोनले भने, यो चिन्ताको विषय हो, मोटोपनले कोभिड १९ बाट गम्भीर रोग वा मृत्युको बढी जोखिम बनाउने गरेको छ ।
सामान्य तौलले कोभिड १९ को खतराबाट सुरक्षा प्रदान गर्न मद्दत पुर्याउँछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
