कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित प्रहरीले पाए सफाइ

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेका प्रहरी अधिकारीले सफाइ पाएका छन्।

तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन्।

Advertisement

कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी दिए।

More News last news
Loading...