आज झन् उर्लियो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज बिहीबार पनि सुनको भाउ उर्लिएको छ । लकडाउनसँगै लगातार बढेको सुनको भाउ आज पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तोलामा ५ सय रुपैयाँ बढेर आज छापावाल सुन तोलाको ९९ हजार रुपैयाँ र तेजावी सुन ९८ हजार ५६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

सुनको भाउ इतिहासकै सबैभन्दा धेरै हो ।

त्यस्तै, आज सुनको भाउ बढे पनि चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

 

 

More News last news
Loading...