न्युयोर्कमा कोरोना संक्रमणबाट पहिलो पटक कुकुरको मृत्यु

काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको सक्रमणबाट पहिलो पटक कुकुरको मृत्यु भएको छ। अमेरिकामा कोभिड १९ बाट सबै भन्दा पहिलो जर्मन शेफर्ड ‘बडी’ नामको कुकुरको निधन भएको हो।

न्युयोर्कको स्टेटन आइल्याण्डमा ‘बडी’को निधन भएको हो। गत अप्रिलमा कोरोना संक्रमण भएपछि ‘बडी’लाई स्वासप्रश्वासमा गाह्रो भएको थियो। केही दिन अगाडि उक्त कुकुरको निधन भएको कुकुरकी मालिकले सामाजिक सञ्जालमार्फत पुष्टी गरेकी छिन्।

Advertisement

‘बडी’ लाई लिम्फोमा समेत भएको जनाइएको छ। ६ बर्षीय उक्त कुकुरको कोरोना संक्रमणपछि तौल घटेको थियो भने धेरै सुस्त भएको थियो। अमेरिकामा अहिलेसम्म २५ भन्दा कम घरपालुवा जनावरमा कोराना संक्रमण पुष्टी भएको छ।

More News last news
Loading...