काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
आज सुन तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। हिजो छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९५ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ११ सय ५५ रुपैयाँमा कोरोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
