काठमाडौँ । यो सिजनको प्रिमियर लिगका खेलहरू सम्पन्न भएका छन् । गएराति सम्पन्न अन्तिम चरणका खेलमा चेल्सी र म्यान्चेस्टर युनाइटेडले सुखद नतिजा निकाल्दै सिजनको अन्त्य गरेका छन्।
लीगमा म्यानचेस्टर युनाईटेडले तेस्रो र चेल्सीले चौथो स्थान सुरक्षित गरेका छन् भने लेस्टर सिटी पाँचौ र टोटेनह्याम छेटौँ स्थानमा छन्। लिगको विजेता र उपविजेताको भने यसअघि नै टुंगो लागिसकेको थियो।
लिभरपुल लिगको विजेता बन्दा म्यानचेस्टर सिटी उपविजेता बनेको छ। गएराति भएका अन्तिम खेलहरुमा लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी तथा आर्सनल विजयी भए।
लिभरपुलले न्यूक्यासल युनाईटेडलाई ३-१ गोलले पराजित गरेको छ भने म्यानचेष्टर सिटीले नर्विच सिटीविरुद्ध ५-० गोलको फराकिलो जित निकालेको छ। यस्तै म्यानचेस्टर युनाईटेडले लेस्टर र चेल्सीले उल्भर ह्याम्प्टनलाई समान २-० गोलले पराजित गरेका छन्।
चेल्सीको जीतमा भने दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । मेसन माउन्टले सिधै फ्रिकिकमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
