एकैदिन २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत २० जना प्रहरीलाई कोरोना देखिएको छ। प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतका बडीगार्डसहित २० जनालाई कोरोना पुष्टि भएको हो।

गत शुक्रबार प्रदेश कार्यालयमा कार्यरत पाँच प्रहरीमा कोरोना पुष्टि भएसँगै १६० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो। त्यसक्रममा २० जनामा कोरोना पुष्टि भएको हो।

Advertisement

कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्याल्य सिल गरेर कार्यलयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको छ। यद्यपी प्रदेश प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएपनि संख्या खुलाएनन्।

हालसम्म ९५ जना प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो समय संक्रमित प्रहरीको दर बढेको छ।

More News last news
Loading...