गोरखामा पहिरो खस्यो, नौलीखोला थुनियो

काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ मा रहेको नौलीखोला थुनिएको छ । पहिरोले स्थानीय नौलीखोला थुनिएपछि ठूलो ताल बनेको छ ।

नौलीखोला गए राती आएको पहिरोका कारण थुनिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बुढीगण्डकी नदीको सहायक नदीको रुपमा रहेको नौलीखोला पहिरोले थुनिएको गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए ।

Advertisement

‘पहिरोले नौ घण्टादेखि नौनीखोला नदी पुरै ठप्प हुने गरी थुनिएको छ,’ एसपी गुरुङले भने, ‘धार्चेको लापुस्थित मापुडाँडामा राति १ बजे पहिरो गएको हो ।’

नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई जोखिम बढेको छ

More News last news
Loading...