सुनको मूल्यमा नयाँ रेकर्ड, हेर्नुहोस् कति छ आजको भाउ ?

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। हिजो छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन ९३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ११ सय ३५ रुपैयाँमा कोरोबार भएको थियो।

More News last news
Loading...