अध्यागमनको डरले अस्पताल नजाँदा स्कटल्यान्डमा एक नेपालीको मृत्यु

लन्डन । संयुक्त राज्यको स्कटल्यान्डमा बस्दै आएका अन्दाजी ३० वर्षीय एक नेपाली युवाको निधन भएको छ।

काठमाडौँको बौद्ध घर भएका दोर्जे नामका ती युवकको आइतबार निधन भएको हो । आफ्नै घरको ढोकामा ढलेको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र एम्बुलेन्स आइपुग्दा उनको मृत्यु भैसकेको बताइएको छ।

Advertisement

स्कटल्याण्डको पर्थमा एक बङ्गाली रेष्टुरेन्टमा कार्यरत मृतक करिब दुई महिनादेखि अस्वस्थ रहेको स्थानीय समाजसेवी भोला खनालले जानकारी दिएका छन्।

गैरकानूनी रुपमा बसेका कारण अस्पताल जाँदा कागजपत्रसम्बन्धि थप समस्या आइपर्ने त्रासका कारण बिरामी हुँदा पनि घरैमा बसेको बताइएको छ। पछिल्लो समय आफन्त तथा साथीभाइहरुले उनलाई खानपानको प्रबन्ध गर्दै आएका थिए।

मृतक दोर्जेको शव अहिले स्कटल्याण्डस्थित डन्डी अस्पतालमा राखिएको छ । मृतकका परिवार नेपालमै रहेको बताइएको छ । उनको निधन के कारणले भएको भन्ने बारेमा कुनै पुष्टि भएको छैन ।

More News last news
Loading...