काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य बढेको छ।
आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १०४० रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
