यस पटकको साउने सोमबारमा अवश्य गर्नुहोस् यस्ता काम, पूरा हुन्छ मनोकांक्षा

हिन्दू धर्मालम्बीहरुका लागि साउन महिना निकै महत्वपूर्ण हुने गर्दछ। धार्मिक मान्यताका अनुसार यही महिना भगवान शिव प्रकट भएका थिए। भगवान शिवको विवाह पनि यही महिना भएको थियो।

साउनको सोमबार भगवान शिवको उपासनाबाट जीवनको सम्पूर्ण सुख प्राप्त हुने धार्मिक विश्वास छ।

Advertisement

कसरी गर्ने शिवको उपासना ?
विहान स्नान गरेर शिवको पूजाको संकल्प लिनुहोस्। सूर्यलाई अघ्र्य दिनुहोस् र जल अर्पण गर्नुहोस्। त्यसपछि पंचोपचार पूजा विधिसहित शिवको पूजा गरेर शिव मन्त्रको जप गर्नुहोस्। राति शिव मन्त्र वाहेक रुद्राष्टक अथवा शिव स्तुतीको पाठ गर्नुहोस्।

यदी चार पटक पूजा गर्नुहुन्छ भने पहिलो पटक दूध, दोस्रो पटक, दही, तेस्रो पटक घ्यू र चौँथोमा महले पूजा गर्नुहोस्। हरेक पटक जलको प्रयोग गर्न नभूल्नुहोला।

कुन विधि अपनाउँदा कस्तो फल प्राप्त हुन्छ ?

धन प्राप्तिका लागि के गर्ने ?
दूध, दही, मह, चिनी र घ्यूले भगवान शिवको अभिषेक गर्नुहोस्
त्यसपछि जल धारा अर्पण गर्नुहोस्।
ओम दारिद्र्य दुःख दहनाय नमः शिवाय मन्त्रको जप गर्नुहोस्
फेरि धन प्राप्तिका लागि प्रार्थना गर्नुहोस्

सन्तान प्राप्तिका लागि
शिव लिंगमा घ्यूउ चढाउनुहोस्।
फेरि जलको धारा अर्पण गर्नुहोस्।
ओम शं शंकराय नमः को जप गर्नुहोस्
फेरि सन्तान प्राप्तिका लागि प्रार्थना गर्नुहोस्

विवाहका लागि
शिव लिंगमा १०८ बेलपत्र चढाउनुहोस् ।
बेल पत्र चढाउँदा हरेक पटक ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस्।
त्यसपछि जलको धारा अर्पित गर्नुहोस्।
त्यसपछि चाडै विवाह होओस् भनेर प्रार्थना गर्नुहोस्।

रोजगारका लागि
साउनको पहिलो सोमबारमा जलधाराबाट भगवान शिवको अभिषेक गर्नुहोस् ।
शिव मन्दिरमा ११ घ्यूको दियो बाल्नुहोस्।
ओम विश्वनाथाय नमः मन्त्रको जप गर्नुहोस्।

स्वास्थ्यका लागि
परफ्युमले भगवान शिवको अभिषेक गर्नुहोस्।
त्यसपछि जल चढाउनुहोस्।
मन्दिरमा ओम जूं सः माम पालय को मन्त्र ११ मालामा गर्नुहोस्।
सम्भव रहेसम्म रुद्राक्षको माला पनि आजदेखि धारण गर्न सक्नुहुनेछ ।

साउनमा के कुराको ध्यान राख्ने ?
सम्भव भएसम्म भगवान शिवको पूजा राति गर्नुहोस्।
शिवको पूजा सात्विक रुपमा गर्नुहोस्।
यस दिन रुद्राभिषेक नगर्नुहोस्। श्रृगार भने गर्न सक्नुहुनेछ।
यो दिन उपवास अर्थात ब्रत राख्नु निकै लाभदायिक रहनेछ । यदी यो सम्भव भएन भने सात्विक आहार ग्रहण गर्नुहोस्।
यो दिन केही न केही अवश्य दान गर्नु होला ।

सयौँ वर्षपछि अद्भुत संयोग
ज्योतिषहरुका अनुसार सयौँ वर्षपछि श्रावणमा अद्भुत संयोग बनेको छ । श्रावण महिनामा ५ सय ५८ वर्षपछि ४ वटा ग्रहको वक्र योग परेको छ । श्रावण महिनामा योपटक गुरु, शनि, राहु तथा केतुको बक्र परेको छ । अर्थात यी ग्रहहरुको चाल उल्टो हुनेछ। सिंह र कुम्भ राशि भएकाहरुलाई यो संयोग सबैभन्दा शुभ रहनेछ।

५ सय ५८ वर्ष पहिला अर्था १४६२ मा यस्तै संयोग बनेको थियो । यसको प्रभाव श्रावण महिनाभरी रहने छ। ज्योतिषाचार्य पण्डित मनिष शर्माका अनुसार गुरु, शनि, राहु तथा केतु चार ग्रह एक साथ बक्र रहेछन्।

५५८ वर्ष पहिला पनि गुरु शनि राहु केतु एक साथ श्रावण महिनामा आएका थिए। त्यस समय गुरु स्वयंको राशि धनुमा वक्र, शनि आफ्नो राशि मकरमा वक्र, राहुन मिथुनमा र केतु धनू राशीमा बक्र भएको थियो।

More News last news
Loading...