साउनको महिना भगवान शिवको उपवासका लागि विशेष मानिन्छ। शिव शनिदेवका गुरु हुन्। यो वर्ष साउनमा २ पटक शनि प्रदोषको संयोग बनेको छ। साउन ३ र १० गते अर्थात जुलाई १८ र अगष्ट १ मा शनि प्रदोषको संयोग रहेको छ। यसअघि सन् २०१० मा ७ अगष्ट र २१ अगष्टमा यस्तो संयोग परेको थियो।
ज्योतिषविद्का अनुसार यो संयोग केही राशिका लागि निकै शुभ मानिन्छ। वृष, मिथुन, धनु र मकर राशिका लागि अनायासै धन लाभको योग बनेको छ।
आउनुहोस् जानौँ शनि प्रदोषको यो संयोग कुन राशिका लागि कस्तो रहन्छ ?
मेष
मेष राशिका लागि यो घण्डी निकै शुभ रहेको छ। महत्वपूर्व निर्णय लिने योग छ। नोकरीमा परिवर्तन तथा पदोन्नति होला । सजिलै सँग धन लाभ हुनेछ। यो राशिमा धन लाभको योग बनेको छ। आफ्नो वाणीबाट आफ्नो जीवनसाथीलाई खुसी राख्न सक्नुहुनेछ।
वृष राशि
साउनमा शनि प्रदोषको यो योगले रोजगारमा लाभको अवसर प्रदान गर्ने छ। सन्तान प्राप्तिको समस्या हल हुनेछ। फसेको धन प्राप्त हुनेछ। यद्यपी मानसिक चिन्ताले भने सताउने छ। तर वाणी र व्यवहारबाट सबै कुरा ठिक गर्न सकिनेछ।
मिथुन राशि
मिथुन राशिका व्यक्तिलाई शनि प्रदोषले राम्रो परिणाम दिनेछ। स्वास्थ्य स्थिती ठिक होला। वाहनमा लाभ होला । सन्तानलाई लिएर चिन्ता बढ्ने छ। तपाईको प्रेम सम्बन्धमा कुनै प्रकारको विवाद नआओस् यो कुराको ध्यान राख्न जरुरी छ। वाणीमा थोरै नियन्त्रण राख्न जरुरी छ।
कर्कट राशि
शनि प्रदोष कर्कट राशिका व्यक्तिका लागि संघर्षको स्थिती बन्न सक्छ। आलस्यले भरिएको हुन्छ। परिवारमा तनाव हुन सक्छ। धन खर्चमा ध्यान दिनु पर्नेछ। जीवनसाथीसँग सम्बन्ध सुमधुर हुनेछ।
सिंह राशि
यस दौरान सिंह राशिका व्यक्ति पनि थोरै सम्हालिनु पर्ने आवश्यक छ। यात्रामा सावधानी राख्नु पर्नेछ। कुनै पुरानो समस्याको हल निकालिन सक्छ। धनको खर्च बढ्न सक्छ। जीवनसाथी र सन्तानप्रति तपाईको भावना बढ्नेछ।
कन्या राशि
शनि प्रदोषको योग कन्या राशि भएका व्यक्तिका लागि निकै शुभ छ। विवाहको मामिला हल हुनेछ। नयाँ सम्पत्ति जोड्ने योग छ। परिवारको समस्या हल हुनेछ। आफ्नो जीवन साथीका साथ प्रेम पूर्वक जीवन व्यतित हुनेछ।
तुला
साउनको शनि प्रदोषले तुला राशिका लागि मिश्रीत परिणाम दिनेछ। जिम्मेवारी बढ्नेछ। रोकिएका काम पूरा हुनेछन्। आफन्तको सहयोग प्राप्त होला। तपाईको पूरै ध्यान तपाईको परिवारप्रति केन्द्रित हुनेछ।
वृश्चिक राशि
शनि प्रदोष वृश्चिक राशिमाथि भारी पर्ने छ। परिवारमा वादविवाद बढ्न सक्छ। नोकरीमा कामको दवाव बढ्नेछ। आफ्नो योजना गोप्य राख्दा राम्रो होला। यद्यपी प्रेम जीवनमा भने यसको कुनै नराम्रो असर परेको छैन्।
धनु राशि
नयाँ जिम्मेवारी र परिवर्तनको योग छ। नोकरीमा पदोन्नती होला । धन खर्चलाई नियन्त्रणमा राख्नुहोला। तपाईलाई कुनै महिलाबाट आर्थिक लाभ मिल्नेछ। आफ्नो वाणीबाट जीवनसाथीलाई प्रसन्न गर्न सफल हुनुहुनेछ।
मकर राशि
दिनभर दौडधुप गर्नु पर्नेछ। नोकरीमा पद परिवर्तन होला । अचानक धन प्राप्ति होला । जीवनसाथीबाट तपाईलाई पूर्ण सहयोग मिल्ला ।
कुम्भ राशि
कुनै पुरानो इच्छा पूरा होला । खानपानमा ध्यान दिनुहोला। तपाईको आत्मविश्वास बढ्नेछ। आफू र आफ्नो परिवार तर्फ ध्यान केन्द्रित होला।
मीन राशि
महत्वपूर्ण अवसर गुमाउनु पर्ला । तनाव बढ्न सक्छ। कुनै मित्रको सहयोगले लाभ मिल्नेछ। परिवारबाट पनि लाभ प्राप्त होला । आफ्नो सम्बन्धमा गहिराइको अनुभव गर्न पाउनुहुनेछ। जीवन साथीसँग घनिष्ठता बढ्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
