दाङ । ट्याक्टर दुर्घटनामा प्युठानमा सातजनाको मृत्यु भएको छ। स्वर्गद्धारी नगरपालिका ३ रुमालेमा गएराती १२ः५५ बजेको समयमा लु २ च ४२३४ नं ट्याक्टर दुर्घटना भएको हो।
साउने सक्रान्ती मानेर स्वर्गद्धारी धरमपानीदेखी भिग्री तर्फ आउदैँ गरेको ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको हो ।
प्युठानमा ट्याक्टर दुर्घटना हुँदा मुत्यु भएका सात जनाको पहिचान खुलेको छ। भिग्री–स्वर्गद्धारी सड्कखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका वडा नं ५ बाईजाका अन्दाजी २१ वर्षिय सागर बस्नेत, २४ वर्षिय रिमबहादुर बस्नेत, १९ वर्षिय बिरेन्द्र बाठामगर, १९ वर्षिय थमन बाठामगर, २५ वर्षिय कबिराम बस्नेत, गोर्बधन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
त्यस्तै ट्याक्टर दुर्घटनामै परी चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका २५ वर्षिय कमल शवको उद्धारपछि कानुनी प्रक्रिया अनुसार आफन्तलाई बुझाउने प्रहरी निरिक्षक पौडेलले बताउनुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
