देशभर ३३ सयबढी नमुना परीक्षण गर्दा ५७ जनामा मात्रै कोरोना पुष्टि

काठमाडौँ ।पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ३ हजार ३३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ। उनीहरुमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६३७ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा १०३ जना डिस्चार्ज भएका छन्।

Advertisement

१९ जिल्लामा थपिए संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज शनिबार १९ जिल्लामा कोरोना संक्रमित थपिएका हुन्। संक्रमित थपिएका जिल्लाहरुमध्ये कैलालीमा सबैभन्दा धेरै १३ जना संक्रमित थपिएका छन्।

यस्तै मोरङका ९, डोटीका ७, दैलेखका ५, रुकुम पश्चिमका तीन र तेह्रथुम, सर्लाही, गुल्मी, पाल्पा, डडेलधुरा र बझाङका २-२ जनामा संक्रमण पुष्टि भएको छ।

इलाम, झापा, बारा, नुवाकोट, बाग्लुङ, पर्वत, सल्यान र कञ्चनपुरमा एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...