नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

कोरोनाको संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७३ वर्षीया वृद्धको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

Advertisement

अस्पतालका अनुसार, सप्तरीको राजविराज नगरपालिकाका वडा नम्बर ११ का रामकृष्णदासको बिहीबार राति उपचारका क्रममा निधन भएको हो ।

दास कोराना संक्रमणको पुष्टि भए पश्चात बिहीबार दिउँसो प्रतिष्ठानमा भर्ना भएका थिए । उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ देखिएको थियो। मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

More News last news
Loading...