पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेर तीन जना नागरिकको ज्यान गएको छ।
माछापुच्छ्रे–८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए।
सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका छन् । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो।
ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ। रासस
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
