‘पशुपतिका भट्टहरु हटाउन लागेको समाचार निराधार’

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पछिल्ला केहि दिनदेखि विभिन्न सञ्चारमाध्यममा पशुपतिका भट्टहरु हटाउन लागेको भन्ने विषयमा आएका समाचार निराधार भएको जनाएको छ।

एक विज्ञप्ती जारी गर्दै पशुपति क्षेत्र विकास कोषले सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

Advertisement

विज्ञप्तीमा भनिएको छ, “नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोच नरहेको जानकारी गराउन चाहन्छौँ । नेपाल भारतबीच सदियौँदेखि सुमधुर सम्बन्ध रहेको र त्यस्तो सुमधुर सम्बन्ध धुमिल पार्न कतिपय शक्ति लागिपरेको समेत उल्लेख छ।”

More News last news
Loading...