काठमाडौँ । आजदेखि खाता भएका बाहेक अरु बैंकको एटीएम प्रयोग गर्दा शुल्क लाग्ने भएको छ ।
यसअघि कोरोना सङ्क्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटिएममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए।
बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था आजदेखि हटेको हो । पछिल्लो समय लकडाउन खुकुलो भएसँगै अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने भएका हुन् ।
अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले थप शुल्कबारे बैंकले नै निर्णय गर्न सक्ने तीनवटै संस्थाले हिजो विज्ञप्ति मार्फत जनाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
