ज्योतिषहरुका अनुसार सयौँ वर्षपछि श्रावणमा अद्भुत संयोग बनेको छ । श्रावण महिनामा ५ सय ५८ वर्षपछि ४ वटा ग्रहको वक्र योग परेको छ ।
श्रावण महिनामा योपटक गुरु, शनि, राहु तथा केतुको बक्र परेको छ । अर्थात यी ग्रहहरुको चाल उल्टो हुनेछ।
सिंह र कुम्भ राशि भएकाहरुलाई यो संयोग सबैभन्दा शुभ रहनेछ ।
५ सय ५८ वर्ष पहिला अर्था १४६२ मा यस्तै संयोग बनेको थियो । यसको प्रभाव श्रावण महिनाभरी रहने छ। ज्योतिषाचार्य पण्डित मनिष शर्माका अनुसार गुरु, शनि, राहु तथा केतु चार ग्रह एक साथ बक्र रहेछन्।
५५८ वर्ष पहिला पनि गुरु शनि राहु केतु एक साथ श्रावण महिनामा आएका थिए । त्यस समय गुरु स्वयंको राशि धनुमा वक्र, शनि आफ्नो राशि मकरमा वक्र, राहुन मिथुनमा र केतु धनू राशीमा बक्र भएको थियो ।
४ ग्रहको बक्र योगले तपाईको राशिमा कस्तो प्रभाव पर्ला ?
मेष
श्रावणको महिनामा मेष राशि भएकाहरुको साहस र पराक्रम बढ्नेछ । सम्पर्क र सामाजिकता राम्रो हुनछ । घर परिवारमा सुख शान्ती र सहजता हुनेछ । भवन, वाहनको अभिलाषा बढ्नेछ । कार्यक्षेत्र सँग सम्बन्धित महत्वूर्ण कामम पूरा हुनेछन् ।
वृष
वृष राशिका लागि पनि श्रावण महिना राम्रो हुनेछ । यो पटक चार वटा सफलता तर्फ वृष राशि भएकाहरु उन्मुख हुनेछन् ।
राम्रो आयोजनामा प्रमुखताका साथ सहभागीता, धर्म संस्कार र अनुसन्धानमा सफता । महिनाको सुरुवातामा नयाँ साधनमा ध्यान जानेछ । वाणी व्यवहारको प्रभाव बढ्नेछ । महिनाको अन्तिममा साहस र पराक्रमले नयाँ सफलता हात पर्नेछ ।
मिथुन
श्रावण महिना केही नयाँ उपलव्धि आर्जित गर्न सहायक हुनेछ । स्वास्थ्यलाई भने ध्यानमा राख्नुपर्नेछ । नियमअनुशासन अपनाउँदा फाइदा पुग्छ । सक्रियताको लाभ हुनेछ ।
प्रशासनिक काममा सपफता मिल्छ । बोल्नु भन्दा धेरै काम गरेर देखाउनुहोस् । महिनाको शुरुवातमा मेहनतको बलमा अअपेक्षित सफलता हात पर्ने छ भने उत्तरार्धमा रहन सहन र खानपानमा ध्यान दिन आवश्यक छ । यो महिनामा तपाईको निर्णय क्षमता बढ्नेछ।
कर्कट
यो राशि भएकाहरुलाई श्रावण महिना उत्तरोत्तर शुभकारक छ । मेहनत लगन तथा दूरदर्शी लागानीले अपेक्षित परिणाम दिनेछ । यी राशि भएकाले यो महिना सक्रियता बढाउनेछन् भने अनुशासनमा जोड दिनेछन् । महिनाको सुरुवातमा खर्च वृद्धि हुनेछ । चाप्लुसी गर्नेहरुबाट सर्तक हनु होला । उत्तरार्धमा आर्थिक रुपमा सफता प्राप्त हुनेछ । क्रोधलाई नियन्त्रण गर्नुभएन भने समस्या देखिने योग छ ।
सिंह
श्रावण महिनामा तपाइएको आर्थिक गतिविधी बढ्नेछ । क्षमता प्रदर्शनको अवसर प्राप्त हुने छ । साथीहरुको साथले काम बन्ने छ । प्रेम सम्बन्ध प्रगाढ बन्ने छ । पूर्वार्धमा करियर, जागिर र कारोबारमा तपाईले विशेष ध्यान दिनुहुनेछ भने लाभको प्रतिफल उच्च हुनेछ ।
महिनाको अन्तिमा स्वयं र नजिकका लागि तपाईले समय निकाल्नुहुनेछ ।
कन्या
श्रावणमा कार्यक्षेत्रमा नयाँ संभावनालाई बल दिने सम्भावना छ । पदोन्नती एवं सकारात्मक परिवर्तन सम्भव देखिएको छ ।
प्रशासनिक समस्या समाधान हुनेछन् । सम्पत्ति सम्बन्धी कार्य पक्षमा हुनेछन् ।
तुला
धर्म मनोरञ्जनमा रुची बढ्ननेछन् । सानो प्रयासमा पनि काम बन्ने छ । अवसरहरु आउनेछन् तर त्यसलाई ध्यान दिन जरुरी छ । यो महिनामा थप अनुशासन र समयको व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।
वृश्चिक
परीक्षामा सफलता प्राप्त हुने योग छ । अनुशासन तथा आत्मनियन्त्रणका साथ अघि बढ्न जरुरी छ । यो समयमा तपाईले मुस्किल लाग्ने कामलाई पनि सहजता पाउनुहुनुनेछ । तर विनम्रता र काममा निरन्तरतामा कमी आउनेछ त्यसलाई विशेष ध्यान दिन जरुरी छ ।
धनु
यो महिना घरपरिवारसँग सामिप्यता बढ्नेछ । साथीको भनाइलाई महत्व दिनुपर्ने देखिएको छ । दाम्पत्यमा पारदर्शिता तथा प्रेम बढ्नेछ । कुनै पनि कामका लागि राम्रो प्रस्ताव प्राप्त हुने सम्भावना रहेको छ । पूर्वार्धमा करियर कारोबारमा व्यस्तताले सम्झौताका लागि प्रेरित गर्नेछ । उत्तरार्धमा गरिमा, गोपनीयतालाई ध्यान राख्नुपर्ने देखिएको छ । स्वास्थ्य प्रभावित बन्न सक्छ ।
मकर
निजी जीवनमा सुख बढ्नेछ । संघर्षमा सफलता मिल्नेछ । नयाँ सम्भावनालाई बल दिनेछ । व्यक्तिगत समस्या समाधान हुन । तपाईलाई लाभ हुनेछ । मेहनत था लगनबाट स्वयंका लागि उचित अवसर निर्माण गर्न सक्छ ।
कुम्भ
सम्बन्धमा मधुरता प्राप्त हुनेछ। यो महिना साहस सक्रियता थत सटीकता बढाउने छ। परीक्षामा सफलता, साथीहरुको सहयोग मिल्नेछ। भ्रमण र मनोरञ्जनको योग छ।
काम व्यवसायमा केही मात्रामा सफता हुनेछ। पूर्वार्धमा सन्तानको शुभ समाचार आउनेछ । स्वास्थ्य भने केही प्रतिकुल हुनेछ।
मीन
शिक्षा प्रेम तथा सन्तान पक्ष राम्रो रहेको छ । तर घरेलु समस्यामा बादविवादमा वा बहसमा उत्रनुबाट बच्नुहोस्। अप्त्याशित असहजताबाट बच्नका लागि अनुशासन मा जोड दिन अआवश्यक छ।
पूर्वार्धमा जिद्दी र पूर्वाग्रहबाट बच्नुहोस् । उत्तरार्धमा व्यक्तिगत प्रदर्शनमा सुधार आउनेछ। दाम्पत्य जीवन शुखमय हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
