कोरोनाको अर्को रुप, संक्रमित नभएका व्यक्तिको शरीरमा पनि एन्टिबडी

काठमाडौँ । भारतमा पहिलो पटक कोरोना भाइरसको नयाँ रुप देखिएको छ। भारतको सबैभन्दा ठूलो अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) दिल्लीमा एक व्यक्ति भर्ना भएका थिए।

बारम्बार कोरोना परीक्षण गराउँदा पनि उनको रिर्पोट नेगेटिभ आएको थियो। ४ पटकसम्म रिपोर्ट नेगेटिभ आएका ती व्यक्तिको शरीरमा कोरोनाविरुद्धको एन्टिबडी फेला परेका छ। यो एन्टिबडी कुनै मानिसको शरीरमा तब हुन्छ, जब उ कोरोना भाइरसबाट संक्रमित हुन्छ। करिब ५ देखि ६ दिनसम्म एन्टबडी बन्ने समय लाग्ने गर्दछ । यो एन्टिबडीले शरीरमा कोरोना संक्रमणविरुद्ध लड्न काम गर्दछ।

Advertisement

८० वर्षीया वृद्धामा उक्त एन्टिबडी फेला परेको हो। उनी १५ दिनदेखि कमजोरी भएको समस्या लिएर अस्पताल भर्ना भएकी थिइन्। डाक्टरले १२ दिनमा ४ पटकसम्म ती वृद्धाको पीसीआरका माध्यमबाट कोरोना परीक्षण गराएका थिए। जाँचमा उनमा कोरोना देखिएन्। ती महिलामा कोरोनासँग मिल्दाजुल लक्षण देखिए पनि रिर्पोट नेगेटिभ नै देखियो।

धेरै पटक रिर्पोट नेगेटिभ आएपनि डाक्टरले कोरोनाको उपचार गराए। पाँचौँ पटक एन्टिबडी जाँच गराए। जाँचमा महिलाको शरीरमा कोरोना भाइरसको एन्टिबडी देखियो। उक्त रिर्पोटले चिकित्सकै चकित बनेका छन्।

रिर्पोट नेगेटिभ आएपछि डाक्टरले ती वृद्धालाई अस्पतालबाट डिस्चार्ज गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

विश्व महामारीको रुप ल्याएको कोरोना भाइरसका फरक फरक नयाँ रुप देखिदै आएका छन्।

More News last news
Loading...