काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा कलंकी क्षेत्रसहित काठमाडौँ उपत्यकाका ६ ठाउँमा प्रदर्शन भएका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग भइरहेका बेला ओलीको बुधबार ओलीको समर्थनमा काठमाडौँका मूख्य ठाउँहरु कलंकी, कोटेश्वर, चाबहिल, गोंगबु, लगनखेल र असन (इन्द्रचोक) मा प्रदर्शन भएको हो ।

सामाजिक सञ्जाल फेसबुकबाट सुरु भएका प्रधानमन्त्री ओलीका समर्थकहरुको आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली, हेर्नुछ चाँडो देशको मुहार, हाम्रो भविश्य, हाम्रो सरकार जस्ता नारा लगाएका थिए।





![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
