काठमाडौँ । भोलि ५ जुलाई गुरु पूर्णिमाको दिन वर्षकै तेस्रो चन्द्र ग्रहण लाग्दैछ। यो उपछाँया चन्द्र ग्रहण हुने भएकोले चन्द्रमाको आकारमा भने कुनै असर पर्दैन यसको मतलव चन्द्रमा अरुबेलाको जस्तै सामान्य आकारको देखिनेछ।
यो चन्द्र ग्रहणको प्रभाव नेपालमा भने देखिने छैन्। नेपालमा यो ग्रहण नदेखिने भएपछि सुतक नलाग्ने ज्योतिषको आचार्य बताउँछन्। यो ग्रहण ग्रहण एसियाका केही भूभागसहित अमेरिका, यूरोप र अष्ट्रेलियामा देखिने नासाले जनाएको छ। यो ग्रहणको दृष्य मानिसहरुले लगभग ३ घण्टासम्म देख्न पाउने छन्।
यो ग्रहण बिहान ८ बजेर ५३ मिनेटबाट सुरु भएर ११ बजेर ३६ मिनेटमा समाप्त हुनेछ। यो ग्रहणको पूर्ण प्रभाव १० बजेर १४ मिनेटमा हुने छ।
के नगर्ने ?
चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्न पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
