काठमाडौँमा थप ३२ सहित ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६४ पुरुष र १०९ महिला गरी कुल ४७३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । आज पहिचान भएका संक्रमितको सख्या संगै नेपालमा १४ हजार ५१९ पुगेको छ।

त्यस्तै आज संक्रमित पुष्टि भएका मध्ये काठमाडौं महानगरपालिका वडा नं २० रामघाटका एक युवक सहित उपत्यकाका ३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ललितपुरका १ पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भक्तपुरका २ पुरुष, काठमाडौँका १७ महिला र ११ पुरुष र ललितपुरका १ पुरुषमा कोभिड संक्रमण पहिचान भएको मन्त्रालयले जनाएके छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा जोश्वर गौतमका अनुसार अहिलेसम्म ५ हजार ३२० जना संक्रमित उपचारपछि डिस्चार्ज भएको र पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार ५३७ जनाको परीक्षण भएको जानकारी दिएका छन् ।

यसैवीच सङ्क्रमणबाट आज एक शिशुको मृत्यु भएको छ । म्याग्दी जिल्ला धवलागिरि नगरपालिका–४ स्थायी बसोबास भएको ४९ दिनको ती शिशुको बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जानकारीदिदै मन्त्रालयका प्रवक्ता गौतमले सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जानकारी दिए ।

More News last news
Loading...