गण्डकीका ४ जिल्लामा फेरि थपिए कोरोना सङ्क्रमित

पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लामा संक्रमण थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बिहीबार कोरोना संक्रमण पुष्टि हुने जिल्लामा बागलुङ, स्याङ्जा, तनहुँ र पर्वत छन् । बाग्लुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

Advertisement

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार १४ पुगेको छ । जसमध्ये २ जना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । गण्डकी प्रदेशभरि कोरोना भाइरसलाई जितेर घर फर्किनको संख्या २ सय १४ छ ।

More News last news
Loading...