काठमाडौँ । साताको चौँथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ।
आज छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार २ सय ६५ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ९६० रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ९४५ रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
