काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबार सुनको मूल्य अहिलेसम्मकै महंगो बन्दै नयाँ रेकर्ड बनाएको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९० हजार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
