काठमाडौँ । गण्डकी प्रदेशका ८ जिल्लामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
लम्जुङमा ५, पर्बतमा १, स्याङ्जामा ७, कास्कीमा ५, गोरखामा १, तनहुँमा १ र नवलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७२९ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
