काठमाडौँ। आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ। आज सुनको भाउ अहिलेसम्मकै महंगो भएको हो।
आइतबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ८९ हजार ८ रुपैयाँमा कोरोबार भएको थियो।
त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार १६० रुपैयाँमा कोरोना भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ६५ मा कारोबार भएको थियो।
त्यस्तै चाँदीको भाउ पनि आइतबार प्रतितोला १० रुपैयाँले बढेर तोलाको ९४० रुपैयाँमा कोरोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
