काठमाडौं । लोकगायक नरेश खातीको ‘माया मारेर’ बोलको गीतले दर्शक श्रोताले मन पराएका छन् ।
स्वयंम खाती र गायिका समीक्षा अधिकारीको स्वर रहेको उक्त गीत युट्युबमा सार्बजनिक गरिएको ३ लाख ७७ हजार वढी दर्शकको माया पाएको हो ।
हिजो मात्र युट्युबमा सार्बजनिक गरिएको उक्त गीतले यो समाचार तयार पार्दासम्म ३ लाख ७७ हजार ७ सय भ्यूअर प्राप्त गरेको छ । युट्युबमा मात्र नभई सामाजिक सञ्जाल टिकटकमा पनि उक्त गीतमा धेरै सेलिबेट्री एवं प्रयोगकर्ताले टिकटक समेत बनाएका छन् ।
माया र प्रेममा परेपछि छुट्न कति कठिन हुने सन्दर्भलाई उत्कृष्ट तरिकाले प्रस्तुत गर्न खोजिएको गीतको म्युजिक भिडियोको निर्देशन पनि गायक खातीले नै गरेका छन् । भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।
गीतको भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, जेम थापा, बलबहादुर, नरेश खाती र समीक्षा अधिकारीलाई देख्न सकिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
