रुकुम पश्चिमको घटनाप्रति दलित संघको आपत्ती, दोषीलाई कारवाहीको माग

काठमाडौं । रुकुम पश्चिममा घटेको घटनाप्रति नेपाल दलित संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष मीन विश्वकर्माले आज एक बिज्ञप्ति जारी गर्दै रुकुम पश्चिममा घटेको घटनामा, जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४, रानागाँउ, निवासी नवराज वि.क. र रुकुमपश्चिम जिल्ला चौरझारी नगरपालिका वडा नं. ८, सोती, निवासी सुस्मा मल्ल विच लामो समय देखि रहेको प्रेम सम्वन्धलाई अन्तर जातिय विवाह गर्न खोज्दा प्रेमिका सुष्मा मल्लको आमा र उनका नजिकका नातेदार वडा अध्यक्ष डम्वर बहादुर मल्ल लगाएत गाँउलेहरुले गरेको सांघातिक हमलाबाट नवराज वि.क. को मृत्यु भएको र केही ब्यक्तिहरु वेपत्ता तथा घाईते भएको घटना प्रति ध्यानाकर्षण भएको जनाउँदै घोर भर्त्सना समेत गरेका हुन् ।

Advertisement

२१औं सताव्दीको उन्नत समाजमा समेत दलित समुदायले अन्तरजातिय प्रेम विवाह गर्न खोज्दा यस प्रकृतिको ज्यानै गुमाउने गरि घटना घट्नु अत्यन्तै निन्दनिय भएको ठहर गर्दै नेपालको संविधान र विद्यमान कानुन बमोजिम घटनामा संलग्नहरुलाई हदै सम्मको कार्बाही गरि पिडीतलाई न्याय, क्षतिपूर्ती र सामाजिक सुरक्षाको व्यबस्था गर्न नेपाल दलित संघ नेपाल सरकार समक्ष जोडदार माग समेत गरेको छ ।

साथै संघले घटनामा ज्यान गुमाउनेहरु प्रति श्रदान्जली प्रकट गर्दै घटनामा वेपत्ता भएकाहरुको तत्काल खोजि गर्न जोडदार माग गर्नुका साथै सम्पूर्ण घाइतेहरुको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

More News last news
Loading...